18 October ,2025,Saturday

‘सस्पेन्स थ्रिलर ’कथामा आधारित‘अदृश्य’ प्रदर्शन हुँदै

साउन १५, २०८० सोमबार

काठमाडौं । आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’कथामा आधारित चलचितत्र अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र अदृश्य’ निर्माण समूह द्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले,अभिनेता प्रमोद अग्रहरी,रवी गिरी, रिस्ता बस्नेत,प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराए ।

अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने,“हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।”

यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए ।“हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हामीले छायाङ्कनको समयमा ‘ए’नाम राखेका थियौँ,पछि ‘अदृश्य’ बनाएका हौँ”, उनले भने ।

चलचित्रमा छुल्ठिम गुरुङ,सिएम भारद्वाज सुवेदी,विकेश प्रजापती,गीत बिष्ट,सुरज बिष्ट,जसिता घिमिरे,सन्दीप बाबु लोहनी,रुपेश दाहाल,सुजन बज्राचार्य,अजित रेग्मी, रुपेश थापा,अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतले समेत अभिनय गरेका छन् ।

यसमा राकेश रनपालले कथा लेखन,आकाश उखेडाले पटकथा तथा संवाद लेखन,उत्तम हुमागाईं र मोहन कुमार झिल्लुले छायाङ्कन,विशाल पौडेलले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन,मुकेश शाहले पाश्र्व सङ्गीत सिर्जना,निशान घिमिरेले रङ्ग संयोजन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...