4 December ,2023,Monday

निर्देशन कार्यान्वयन नभएपछि कर्मचारीसँग प्रधानमन्त्री रुष्ट,सात दिनभित्र मागे रिपोर्ट

साउन १९, २०८० शुक्रबार

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको निर्देशन प्रभावकारी बनाउन पुनः निर्देशन दिएका छन्। सिंहदरवारमा कर्मचारीहरू सँग भएको छलफलमा उनले कैयौं निर्णय तथा निर्देशनहरू अझै प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।

हामीले गरेका कैयौं निर्णय तथा निर्देशनहरू अझै प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन्। यसरी निर्णय हुने तर कार्यान्वयन नहुने परिपाटीबाट हामी मुक्त हुने कि नहुने यो विषय नै आजको मुख्य प्रश्न बनेर हाम्रासामु खडा छ,प्रधानमन्त्री दाहालले भने, यसअघि विभिन्न मितिमा भएका निर्णय तथा प्रधानमन्त्रीका रूपमा मैले दिएका निर्देशनअनुरुप के(कति नतिजा हासिल भयो त्यसको तत्काल ताकेता गरी एक हप्ताभित्र रिपोर्ट कार्ड पेस गर्नुहोला।

उनले आफू प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय भएको बताए। यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्वले सिंगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ। त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास हुन जरुरी छ। प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी बिम्व स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ,उनले भने।

उनले आफूले दिएको निर्देशन कार्यान्वयन नहुँदा जनताले प्रश्न उठाएको बताए। हिलेसम्म हामीले केही विषयमा परिणाम निकाले पनि धेरै विषयमा हामी नतिजामुखी हुन नसक्दा हामीमाथि जनस्तरबाट प्रश्न उठने गरेको छ। अतः मन्त्रीहरू,मूख्यसचिव,सचिवहरू,विभागीय प्रमुखहरू, परियोजना प्रमुखहरूसँगको कार्यसम्पादन करार गर्ने र कार्यसम्पादन रिपोर्ट कार्डसम्बन्धी कार्यलाई शीघ्र बढाउनुहोस्। कार्यसम्पादन करार गर्दा परिणाम, प्रभाव र लक्ष्य मापन गर्नसकिने र कार्यसम्पादन मूल्यांकनसँग आबद्व गर्न सकिने तवरले तयारी गर्नुहोला। कार्यसम्पादन करारअनुसार आफ्नो क्षेत्रसँग सम्वन्धित प्रगतिको हरेक महिना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुपर्ने र सोहीअनुसार मूल्यांकन हुने प्रणालीको विकास गर्न जरुरी छ,उनले भने।

उनले एउटै फाइल महिनौं सम्म विभिन्न टेबुलहरूमा घुमिरहने अवस्था कायमै रहेको बताए। एउटा विधेयक तयार भएर पनि विधेयक समिति मार्फत् मन्त्रिपरिषदमा पुग्न महिनौं लाग्ने अवस्था किन भयो भन्दै प्रधानमन्त्रीले प्रश्न गरे। एउटा नियमावली पारित गराउन हामीले महिनौं लगाएका छौं। ऐन निर्माणका लागि सैद्धान्तिक स्वीकृत प्राप्त भएका विषयमा तत् निकायले विधेयक तयारीको अवस्था, विधेयक तयारी भएको भए ती कहाँ पुगेका छन् यसको तत्काल ताकेता गरी रिपोर्ट पेस गर्नुहोला। विधेयक तयारीको सैद्धान्तिक स्वीकृतिदेखि विधेयक समिति सम्म आइपुग्ने समयावधि र यो प्रक्रियामा सहभागी हुने निकायहरूको टाइम कार्ड पनि तयार गर्नुहोला,उनले भने।

उनले नतिजामुखी वैदेशिक भ्रमणलाई मात्र प्रोत्साहन गर्नुपर्ने बताए। नेपालको तर्फबाट प्रतिनिधित्व गर्नैपर्ने र आवश्यकता देखिएका बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहन गर्नुपर्ने देखिन्छ। हालसम्म सबै निकायबाट भएका वैदेशिक भ्रमणको उपलब्धि सहितको अभिलेख र विवरण संकलन गर्नुहोस् र यसको प्रभाव अध्ययन र वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ को समसामयिक सुधार प्रतिवेदनका लागि कार्यदल निर्माण गर्नुहोस्,उनले निर्देशन दिए।

उनले हेलो सरकारुलाई २४ सैं घण्टा तीन सिफ्टमा सञ्चालनको व्यवस्था मिलाउन समेत निर्देशन दिए। मन्त्रिपरिषदले गरेका कैयौं निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन्। यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालय बाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ। यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु। प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर कार्ययोजना तयार गरी लागु गर्नुहोस्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तह माथिको सुपरीवेक्षक समक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुहोस्,उनले भने।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...