18 October ,2025,Saturday

पर्सा क्षेत्र नम्बर १ को कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी अनिल सिंहलाई

२१ श्रावण २०८०,आईतवार
वीरगन्ज,नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ को कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी अनिल सिंहलाई दिएको छ ।

कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्ता माथि पार्टीले अनुशासन सम्बन्धि छानबिन गरिरहेकाले पार्टीको केन्द्रीय अनुशासन समितको अर्को आदेश नभइन्जेल सम्मका लागि सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताएका छन् ।

कांग्रेस पर्साको साउन २१ गतेको निर्णय अनुसार सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको क्षेत्रीले बताए ।

आइतबार वीरगन्ज स्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस पर्साका सभापति क्षेत्रीले सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको पत्र हस्तान्तरण गरे । त्यसअवसरमा कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी,जिल्ला सचिव इम्तियाज आलम,जिल्ला प्रवक्ता रमेश पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...