8 December ,2024,Sunday

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो :सांसद यादव

२४ श्रावण २०८०,बुधबार

काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले गौर हत्याकाण्डको छानबिन गर्न सरकारले गरेको सहमति प्रति आपत्ती जनाएका छन् ।

मंगलबार गृहमन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो ।

उक्त सहमति जसपालाई फसाउने षडयन्त्र भएको यादवको टिप्प्णी छ । उनले भने,’यो सहमति जसपालाई फसाउने षड्यन्त्र अन्तर्गत भएको हो । यसमा हाम्रो गम्भीर आपत्ति छ र गम्भीर रुपमा लिएका छौं’ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य समेत रहेका यादवले यस विषयमा पार्टीले बैठक राखेर औपचारिक रुपमा धारणा सार्वजनिक गर्नेपनि बताए ।

यस्तै जसपाका नेता उंव मधेस प्रदेशका पूर्वमन्त्री योगेन्द्र राय यादवले सरकारले गरेको उक्त सहमति उपेन्द्र यादव र मधेसी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्र भएको बताए । उनले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा संघर्षमा उत्रिनुपर्ने बताए । उनले भन्, जसपाले प्रचण्डलाई दिएका समर्थन फिर्ता लिई संघर्ष गर्नुबाहेक अर्को कुनै विकल्प छैन । गौर घटना माओवादीका ज्यादतीका विरोधमा सर्वसाधारणले गरेका प्रतिकार थियो। उपेन्द्र यादव र मधेशी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्रको भण्डाफोर गर्न सक्नुपर्छ ।’

मंगलबार सरकार र आन्दोलनरत पक्षबीच गौर हत्याकाण्ड छानबिन गर्ने सहमति भएपछि सत्तारुढ दल जनता जसपाभित्र तरंग उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् । सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिको विषय पछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न जसपाका केन्द्रीय कार्यसमितिका राजधानीमा उपलब्ध सदस्यहरुको अनौपचारिक बैठक ललितपुरको बालकुमारी स्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको छ ।

मंगलबार गृहमन्त्रालयमा भएको वार्तामा गृहमन्त्रालयले गौर घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सहमति गरेको थियो ।

२०६३ चैत ७ मा रौतहट गौरस्थित राइसमिल चौरमा आमसभाको विषयमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनताधिकार फोरम बीच झडप हुँदा माओवादीका २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...