28 June ,2025,Saturday

वीरगन्ज महानगरको न्यायिक समितिद्वारा एक वर्षमा ४६ वटा मुद्दा फर्छ्योट

३ भाद्र, २०८०

वीरगंज । वीरगंज महानगरपालिकाको न्यायिक समितिले एक वर्षमा ४६ वटा मुद्दाको किनारा लगाएको छ ।
महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको न्यायिक समितिले आर्थिक वर्ष २०७९ र ८० मा अघिल्लो आर्थिक वर्षमा फर्छ्योट हुन नसकेका ४५ वटा र गत आर्थिक वर्ष २०७९ र ८० मा दर्ता भएको मध्ये १ वटा गरी कुल ४६ वटा मुद्दा फर्छ्योट गरेको हो ।

न्यायिक समितिमा हालसम्म पुरानो र नयाँ गरी ७५ वटा मुद्दा अझै फर्छ्योट हुन बाँकी रहेको वीरगन्ज महानगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकामा आर्थिक वर्ष २०७४ र ७५ देखि नै न्यायिक समिति गठन गरिएको थियो । महानगरको न्यायिक समितिमा आर्थिक वर्ष २०७४ र ७५ देखि हालसम्म तीन सय ३१ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका मध्ये दुई सय ५१ वटा उजुरीको छिनोफानो भइरहेको न्यायिक समितिले जनाएको छ । बाँकी ७५ वटा मुद्दामा समेत न्यायिक समितिमा छलफल भइरहेको अधिवक्ता थापाले बताए ।

न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवाद सम्बन्धी नै रहेको उनको भनाइ छ । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद,घर निर्माण खिचौला,लेनदेन,बालीनाली नोक्सानी,घरभाडा सम्बन्धमा आउने गरेको छ,’अधिवक्ता थापा ले भने ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।पालिकाका उपमेयर वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्ध विच्छेद,जग्गा विवाद,घर भाडा सम्बन्धी,गाई भैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलाप मार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ ।

न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबिच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए ।

“अहिले हाम्रो न्यायिक समितिमा धेरै प्रकारका उजुरी आउने गरेको छ”,वीरगन्ज महानगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमले भने,“तीमध्ये हामीलाई कानुनले तोकिदिएको सूचीका आधारमा उजुरी लिने गरेका छौँ ।” दर्ता भएका उजुरीको अध्ययन गरी सम्बन्धित पक्षबिच मेलमिलाप गराई निर्णय गर्ने गरेको उनको कथन छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...