29 June ,2025,Sunday

वीरगंजमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाउदै छन् – मेयर सिंह

८ भदौ,२०८०

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् ।

शुक्रबार वीरगंजमा उमन स्किल सेन्टरको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्किल सेन्टरले गरिरहेको कामको सह्राना पनि गरे ।उनले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताए ।

‘महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस सँगै हातेमालो गरेर काम गरौँ,’उनले भने,नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौँ, त्यसका लागि महानगर लगानी गर्न तयार छ।’

फरक प्रसंगमा उनले वीरगन्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम गर्न नदिने षड्यन्त्रमा लागेको बताउँदै कसैले केही भनेको भरमा आफूहरुको वीरगंज बनाउन काम गर्ने रफ्तार नरोकिने स्पष्ट पारे ।

कार्यक्रममा स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो ।
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,पूर्व अध्यक्ष सुबोध गुप्ता,उद्योगी अशोक टेमानी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...