राष्ट्रिय साहारा दैनिक पत्रिका २० वर्ष पूरा गरी २१ वर्षमा प्रवेश गरेको उपल्क्षयमा साना लागानीका सञ्चार माध्यमहरुको प्रवर्धनमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा यस पत्रिकामा आबध्द स्व.नरेश सर्राफको समृतिमा फूलमाला लगाई १ मिनेटको मौन धारण गरि वृक्षमा पानीहाली कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा प्रमूख अतिथि बारा क्षेत्र न.४ का पूर्व मन्त्रि तथा संघीय सांसद किसान श्रेष्ठले आफ्नो १ महिनाको तलब अक्षय कोषमा दिने घोषणा समेत गरेका छन। आफू सबै किसिमले समपन्न रहेको र आफू सधै जनताको बिचमा रहेर काम गर्ने,केन्द्र सरकारले मधेश संग विभेदता गरेको र आफू सधै मधेशको लागि संस्द भवनमा आवाज उठाएको र उठाउने बताएका छन। नेपाली काङ्गेसका सहमहामन्त्रि महेन्द्र यादव माथि भएको खुकूरी प्रहार निन्दनिय रहेका समेत बताए।

त्यस्तै वीरगंज माहानगरका उपमेयर ईम्तियाज आलमले पत्रकार देशको चौथो अङ्गको रुपमा रहेको र पत्रकारले कलमको पावर हेरायो भने दमन गर्ने दमनकारी सरकार गिराउने क्षमता समेत पत्रकारमा रहेको छ। तर केहि पत्रकारको कारणले पत्रकार जगत बदनाम समेत रहेका गुनासो समेत पोखे।
पत्रकार माहासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले उधोग वाणिज्य संघले गरेको पत्रिकामा लगानी न्यून रहेको दैनिक पत्रिकालाई जम्मा ७०० रुपैया मात्र दिएको प्रति गुनासो राखे। स्व.नरेश सर्राफको नामले अक्षय कोष खाडा गरेर १३ लाखको कोष स्थापना गरेका समेत जानकारी गराएका थिए।

यस कार्यक्रममा प्रमूख अतिथि बारा क्षेत्र न.४ का पूर्व मन्त्रि तथा संघीय सांसद किसान श्रेष्ठ,विशिष्ट अतिथी प्रदेश सभा सदस्य जितेन्द्र सोनल,वीरगंज माहानगरका उपमेयर ईम्तियाज आलम,उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,अतिथीमा पत्रकार महासंघ का केन्द्रिय सचिव दीपेन्द्र चौहान,केन्द्रिय सदस्य केसी लामिछाने,पत्रकार माहासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी,जनमत पार्टिका पर्साका जिल्ला सयोजक ओम प्रकाश सर्राफ,सुन चाँदी व्यवसायी संघका केन्द्रिय सदस्य निरज सार्राफ,अशोक तिवारी,प्रवेश सर्राफ,मनोज पटेल,लगायतको उपस्थिती रहेको थियो ।
यो कार्यक्रम राष्ट्रिय सहारा दैनिक पत्रिकाका सञ्चालक चन्द्रभूषण साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने पत्रकार शम्भु कुमार सुमनले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।





