21 October ,2025,Tuesday

प्रेस चौतारी नेपाल पर्साले असोज १२ गते अधिवेसन गर्ने

वीरगंज । प्रेस चौतारी नेपाल पर्साले शनिबार बसेको बैठकले असोज १२ गते छैठौ अधिवेशन गर्ने निर्णय गरेको छ । शाखा उपाध्यक्ष तुल्सी भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीको अधिवेशन नेपाल पत्रकार महासंघको सभाहालमा गर्ने निर्णय भएको सचिव राजेन्द्र सिंहले जानकारी दिनुभयो ।

बैठकले मधेश प्रदेशका महासचिवले जारी गरेको बिज्ञप्ती प्रति ध्यानाकर्षण भएको ठहर गरेको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने कार्यको यस अघि स्वागत गरिसकेको अवस्थामा प्रदेशका महासचिवले प्रधेशको अन्य पदाधिकारीहरु संग समन्वय नै नगरी गैर जिम्मेवार तरिकाबाट निकालेको बिज्ञप्तीबाट प्रेस चौतारी नेपाल पर्साको गम्भीर ध्यानाकर्षण भएको तथा आपती प्रकट गरेको छ ।

साथै सो निर्णय सच्याउनका लागि मदेश प्रदेश कमिटीलाई अनुरोध पनि गरेको छ । आजको बैठकले शाखा उपाध्यक्ष तुल्सी भण्डारीको संयोजक्त्वमा तयारी समिति पनि गठन गरेको छ । तयारी समितिको सदस्यमा कविता खडका, राजेन्द्र सिंह, संतोष पटेल,मोहमद सदब्ब,राकेश साह,पन्नालाल साह,राजन रौनियार,राजन कुमार सिंह,कृष्ण कुश्वाहा,एस.के चौरसिया,नितेश कर्ण,प्रकास तिवारी रहेको छन ।

बैठकमा प्रेस चौतारीका मधेश प्रदेश ईन्चार्ज कमल उपाध्याय,जिल्ला ईन्चार्ज शत्रुधन नेपाल,केन्द्रिय परीष्द अनुप तिवारी, सुष्मा शर्मा,मदेश सचिव ग्यासु मिया देवान,सदस्य आशिक अंसारी,शयाम कुश्वाहा,चौतारी पर्साका पुर्व सचिव संजिव मिश्र, सदस्य तिवारी यादवको सहभागी रहेको थियो भने प्रेस चौतारी नेपालका पदाधिकारीको उल्लेखनीय मात्रमा उपस्थीति रहेको सचिव राजेन्द्र सिहले जानकारी दिनु भयो ।

बैठकले चौतारी पर्सामा आबद्ध हुनका लागि ईच्छुक पत्रकारलाई नयाँ सदस्याता बितरण तथा सदस्यता नबिकरण गर्नका असोज ०२ गते देखि ०७ गते सम्मको समय निर्धारण पनि गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...