15 December ,2025,Monday

फतुवा विजयपुरका मेयर भ्रष्टाचारी ठहर, १५ लाख जरिवाना, तीन वर्ष कैद

रौतहट,२५ असोज । रौतहटको फतुवा विजयपुरका मेयर गोपाल राय यादवलाई विशेष अदालतले ३ वर्ष कैद र १५ लाख जरिवाना तोकेको छ । उनी लालबकैया नदीको टेन्डरमा भ्रष्टाचार गरेको ठहर भएका थिए । विशेष अदालतले निलम्बित मेयर यादवलाई ३ वर्ष कैद र १५ लाख रुपियाँँ जरिवानाहसने सजाय सुनाएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भए पनि यादव मात्र दोषी ठहर भएका हुन् ।
उनीहरूविरूद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाचनमा नेपाली काङग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । लाल बकैया नदीको उत्खननसम्बन्धी ठेक्का रद्द गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्रुयाएको आरोप यादवविरूद्ध लागेको थियो ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले उक्त आदेश गरेको थियो ।
लालबकैया नदीको आन्तरिक आयसम्बन्धी फतुवा विजयपुर र गुजरा दुर्ई नगरपालिकाले संयुक्त रूपमा ढुंगा, गिटी र बालुवाको ठेक्काबाट प्राप्त हुने आमदानी बाँडफाँट गर्ने सहमति गरेका थिए । सहमतिअनुसार विजयपुरलाई ६० र गुजरा नगरपालिकालाई ४० प्रतिशत दिने निर्णय भए पनि विजयपुरले ठेक्का रद्द गरेको थियो । यादवले आर्थिक वर्ष ०७५–७६ मा ठेक्का रद्द गरेका थिए ।
अख्तियारले १२ असार ०७९ मा मेयर यादवसहित तत्कालीन उपमेयर कान्ति देवी महतो, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुखहरू गोकुल ढुङ्गेल, रञ्जना साह, वडा १, २, ३, ५, ६, ८, ९, १०, ११ का वडाध्यक्षसहित २१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । यीमध्ये तत्कालीन मेयर यादवलाई दोषी ठहर गरी अन्य २० आरोपीले सफाइ पाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।