6 November ,2025,Thursday

पर्सा वन डिभिजनका अधिकृत रेयाज अन्सारी ठगी मुद्दामा पक्राउ

वीरगंज। डिभिजन वन कार्यालय पर्साका अधिकृत रेयाज अन्सारीलाई पर्सा प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको छ।

उनीमाथि किर्ते कागजात बनाएर सर्वसाधारण लाई ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परे पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीमाथि ठगी गरेको विषयमा उजुरी परेपछि छानविन गर्न उनलाई जिल्ला प्रशासन कार्यालय पर्सामा ल्याई छलफल गराउँदा उनी छलफलबाट फरार भएका थिए ।

छलफलबाट फरार भएका अधिकृत अन्सारीलाई ३ महिना पछि प्रहरीले पक्राउ गरेको हो।

अधिकृत अन्सारीले विश्वनाथलाई ७ लाख रुपैयाँ दिई विश्वनाथको नाममा रहेको ३ बिगाहा १० कठ्ठा जग्गा आफ्नो बहिनी सायरा खातुन र कौशल कुमार श्रीवास्तवको नाममा रोक्का गराएका थिए ।

विश्वनाथले अधिकृत अन्सारीको रकम फिर्ता गरे पनि रोक्का गरिएको जग्गा विश्वनाथलाई फिर्ता नगरे पछि जिल्ला प्रशासन कार्यालय पर्सामा विश्वनाथले निवेदन दिएका थिए ।उनको निवेदन माथि छलफल हुँदा अधिकृत अन्सारीले ठगी गरेको कुरा खुल्दै जाँदा डरले छलफलबाट फरार भएका थिए ।

यता कौशल श्रीवास्तवले उक्त जग्गा मेरो नाममा पास गरी दिने बापत अधिकृत अन्सारीले ६० लाख रकम लिएको बताए ।साथै उक्त दिएको रकम बापत अधिकृत अन्सारीले मलाई १ करोडको चेक दिएको र जग्गा पास नगरी पैसा लिएको भन्दै म माथि उल्टै मीटर व्याजको निवेदन पनि दिएको बताए ।

फरार रहेका अधिकृत अन्सारीलाई पक्राउ गरी आवश्कय छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लमसालले बताए ।

अधिकृत अन्सारीको डिभिजन वन कार्यालय पर्साबाट सातौं तह अधिकृतमा बढुवा सिफारिस भई डिभिजन वन कार्यालय सप्तरीमा सरुवा भएकोमा उनी हालसम्म पर्साबाट रवाना नबुझी यतै कार्यरत रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...