29 June ,2025,Sunday

कृषि औजार कारखाना सञ्चालनमा सरकार बाधक : प्रदीप यादव

वीरगंज । जनता समाजवादी पार्टी नेपाल जसपाका प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगंजस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सरकारले कृषि औजार कारखानाको जिम्मा समाजसेवी महावीर पुनलाई दिएपनि अनुदान वापतको रकम नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यादवले बताएका हुन ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भने, वीरगंजस्थित कृषि औजार कारखानालाई पुन सूचारु गर्ने जिम्मा सरकारले समाजसेवी महावीर पुनलाई दिएको थियो ।

उहाँले आफ्नो टोलीसँग कारखाना सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् । तर उनलाई सरकारले दिनुपर्ने २७ करोड रुपैयाँ नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले सरकारले घोषणा गरेको रकम महावीर पुन लाई तत्काल उपलब्ध गराउन माग समेत गरे ।

त्यस्तै यादवले प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायल माथि गरेको आक्रमणमा परेर निधन भएका नेपाली नागरिकहरू प्रति श्रद्धाञ्जली पनि अर्पण गरे ।

उनले इजरायलमा अझै पनि फसेका नागरिकहरूको उद्धार गरेर स्वदेश फिर्ता ल्याउनका निमित्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्रीले देखाएको तदारुकताका लागि समेत आभार प्रकट गरे ।

यादवले डेङ्गु संक्रमणबाट अस्पतालमा उपचाररत उपराष्ट्रपति रामसहाय यादवको स्वास्थ्य लाभको कामना पनि गरे ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...