4 July ,2025,Friday

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

वीरगंज, १० मंसिर । मुम्बई हमलाको १५ औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनकर्ताहरूलाई सन्क्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिनुभयो । उहाँले पाकिस्तानसङ्ग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आहवान गर्नुभयो ।
यादवले २६/११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताउनुभयो । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए । राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तानविरूद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताएका छन। यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने समेत आव्हान गरिएको छ । उक्त प्रदर्शनमा सहभागीहरूले आतंकवाद र मानवअधिकार उल्लङघनका विरूद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्पm लैजान प्रेरित गरेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...