28 June ,2025,Saturday

कांग्रेस महासमितिमा हिन्दूराष्ट्रको बहसः भण्डारीको नेतृत्वमा महाअभियान

काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुनु दुई दिन अगाडि हिन्दूराष्ट्रको मुद्दा गहन रुपले उठ्ने लक्षण देखिएको छ । यसअघि यो मुद्दालाई उठाइए पनि नेतृत्वले नसुनेको सन्दर्भमा यसपालि भने मुद्दाले स्थान पाउने र हिन्दूराष्ट्रको अभियानलाई कांग्रेसले ग्रहण गर्नुपर्नेमा अभियन्ताहरुको विश्वास छ ।

शुक्रबारमात्रै पार्टीको केन्द्रीय समिति बैठकमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको मुद्दालाई पूरक प्रस्तावका रुपमा लिन आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

शनिबार भने कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन् । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्यभीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन् ।

यो महाअभियानले सोमबारदेखि शुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको अजेन्डा उठाउने तयारी गरेको छ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई उपेक्षा गरिएको भन्दै यसपालि महासमिति बैठकमा हिन्दूराष्ट्रको अजेन्डा जोडतोडका साथ उठाइने नेताहरुले बताएका छन् । साभार – हाम्रा कुरा

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...