31 October ,2025,Friday

आयुर्वेद चिकित्सालय पर्साको अध्यक्षमा अनिल प्र. सिंह सदस्यमा नेहा मिश्र र हिरालाल शाह कानु मनोनित

वीरगंज ०५ चैत । वीरगंजमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको अध्यक्षमा अनिल प्रसाद सिंह सदस्यमा नेहा मिश्र र हिरालाल शाह कानु मनोनित भएका छन् ।

मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फाल्गुन १८ गतेकोे मन्त्री स्तरिय निर्णयबाट अध्यक्षमा सिंह सहित दुई जना सदस्यलाई मनोेनित गरेको हो। सिहं वीरगंज महानगरपालिका वडा नम्बर १५ का निवासी र पर्सा क्षेत्र न.१ का का.वा. क्षेत्रिय सभापति समेत रहेका हुन ।

यस्तै प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको सदस्यमा नेहा मिश्र र हिरालाल शाह कानुलाई मनोनित गरेको छ । मिश्र, नेविसंघको पूर्व केन्द्रिय सदस्य हुन् भने हिरालाल शाह कानु नेता तथा सामाजसेवी समेत रहेका हुन ।

अस्पताल संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधी २०७९ को दफा ३ को उपदफा १ (क) र (ग) बमोजिम प्रदेशको स्वास्थ्य मन्त्रालयले अध्यक्षमा सिंह सदस्यमा मिश्र र कानुलाई मनोनित गरेको अस्पतालका डाक्टर सुचित कुमार शर्माले जानकारी दिए । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रि वीरेन्द्र सिहंले तिनटै जनालाई नियूक्ति पत्र दिएका छन। तिनटै जनाको कार्यकाल ३ बर्षको रहनेछ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...