spot_img

10 March ,2026,Tuesday

डिभिजन वन कार्यालय पर्साका प्रमुख साह सहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगंज ६ चैत्र । डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्तप्रसाद साह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय पर्साका प्रमुख साह सहित २४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

महोत्तरीको डिभिजन वन कार्यालयमा कार्यरत रहेका बेला वन अधिकृत साहले महोत्तरीको रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रूखमा छापा, टाँचा गराई, कटान गर्न इजाजत दिई, वन क्षेत्रको रूख व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रूख कटान गरी भ्रष्टाचार गरेको पुष्टि भएकाले साह विरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको घिमिरेले बताए।

त्यहि विषयमा अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सब–डिभिजन वन कार्यालय बर्दिवासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षक राजकिशोर झा, अजय कुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतो विरुद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल