17 October ,2025,Friday

१५ वर्षीया बालिकालाई प्रेम जालमा फसाएर भारत लग्दै गरेका मियाँ पक्राउ

वीरगंज ८ चैत्र । १५ वर्षीया बालिकालाई प्रेमको जालमा फसाएर भारत लग्दै गरेको एक जना युवालाई भारतिय प्रहरीले पक्राउ गरेको छ ।

कपिलबस्तुको बुद्धनगरपालिका निवासी बालिकालाई प्रलोभनमा पारेर भारत लग्दै गरेका वीरगंज महानगरपालिकाको वडा नं. २९ निवासी २८ बर्षिय मोहम्मद इम्तियाज मियाँलाई रक्सौलस्थित कस्टम चौकबाट पक्राउ गरिएको मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय” (बेतिया) का इन्सपेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्सौल वा आसपासका क्षेत्रबाट नेपाल आएकी १५ वर्षीया किशोरीलाई कसैले लैजाने सम्भावना रहेको एएचटीयू टोलीका इन्चार्जलाई प्राप्त सूचना अनुसार एएचटीयूको टोलीले रक्सौल कस्टमबाट बालिकालाई उद्धार गर्नुको साथ मियाँलाई पक्राउ गर्न सफल भएको इन्सपेक्टर शर्माले वताए ।

उनका अनुसार सोधपुछको क्रममा पक्राउ परेका मियाँको श्रीमती र तीन छोराछोरी रहेका खुलेको थियो । उनले ट्र्याक्टर वा अन्य कुनै किसिमको मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्छन् । मियाँले नाबालिग बालिकाको गाउँमा मजदुरीका लागि गएको बेला उनीसँग मित्रता गरेर प्रेम जालमा फसाएका थिए ।

सोधपुछको क्रममा युवतीले पहिले ती व्यक्तिले आफूलाई आफ्नो नाम वीरेन्द्र भएको बताएको वताइन । प्रेममा परेपछि उनले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ भएको बताए । त्यसपछि ती व्यक्तिले उनलाई इस्लामको बारेमा बुझाए, त्यसैले अब ती युवतीले इस्लामको पालना गर्न थाले र त्यसपछि उसलाई आफ्नो घरमा लगेर आफ्नी पत्नीसँग परिचय गराए । युवतीले आफ्नी श्रीमतीले दुवै जना सँगै बसेर घर चलाउने बताएकी थिइन् । सासू र ससुरा पनि निकै खुसी थिए । बालिकाले भनिन ।

त्यसपछि बालिकाका परिवारसँग कुरा गर्दा उनीहरुले छोरीलाई केही अपरिचित मजदुरले प्रलोभनमा पारेको र यस सम्बन्धमा नेपाल प्रहरीमा उनीहरुले किटानी जाहेरी दिएका थिए । उद्धार गरिएको बालिका र आरोपितलाई भारतिय प्रहरीले इनर्वा प्रहरी चौकी वीरगंजलाई बुधबार बुझाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...