24 October ,2025,Friday

महिला फुटबल टोली सम्मानित

काठमाडौँ, १९ चैत : नेपाल स्पोर्ट्स फेलोसिपले नेपालको महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । गत फागुनमा साउदी अरेबियामा भएको पश्चिमी एसियाली गल्फ राष्ट्रहरुले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीले देशको नाम उच्च पारेको भन्दै फेलोसिपले ‘इस्टर फेस्ट फेलोसिप २०२४’ अन्तर्गत सम्मान गरेको हो । सम्मानस्वरुप नेपाली महिला फुटबल टोलीले रु ७५ हजार र उपहार प्राप्त गरेका छन् ।
वाफ च्याम्पियसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित भएको थियो । उक्त च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता नेपालले लेबनानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बधाई दिनुभयो । उहाँले नेपालमा खेल पूर्वाधारको कमी रहको चर्चा गर्नुभयो ।
राईले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने भनाइ व्यक्त गर्नुभयो । खेलकर्मीको भेलाको रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...