16 September ,2024,Monday

भारत तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीद्धारा बरामद

वीरगंज २५ चैत । सशस्त्र प्रहरीले वीरगंजबाट ठूलो परिमाणमा शीलबन्दी मदिरा बरामद गरेको छ । शनिबार राति टाटासुमो गाडीमा लोड गरेर भारत तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतसंग जोडिएको वीरगंज महानगरपालिकाको वडा नम्बर १७ कोनियाबाट भारत लग्न लागिएको मदिरा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले शनिबार मध्यरातमा बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडी नाकामा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शिलबन्दी मदिरा बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरक्षिक किशन कर्मचार्यले जानकारी दिए ।

मदिरासहितको उक्त गाडीपनि नियन्त्रणमा लिएको उनले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५०० रुपैयाँ मुल्यांकन गरिएको जानकारी उनले दिए । सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै त्यसका चालक मदिरासहितको गाडी छाडेर फरार भएकाले उनलाई भने पक्राउ गर्न नसकिएको कर्मचार्यले बताए ।

बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए । भारतको बिहार प्रान्तमा करिब एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्रिवितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ ।

जसका कारण पर्सा, बारा लगायत मधेसका जिल्लाका नाका हुँदै नेपालबाट बिहारमा मदिराको तस्करी हुदैं आएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...