28 June ,2025,Saturday

टि– १० क्रिकेट लिगमा डाक्टर र बैंकर्स ग्रुप विजयी, म्यान अफ दि म्याच डा.नदिम हुसेनलाई

वीरगंज, ४ वैशाख । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गतको मंगलबार भएको तेस्रो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई ६१ रनले हराएको हो । वीरगंजको आदर्शनगर खेल मैदानमा भएको खेलमा १०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतीमा १०६ रन बनाएको थियो । अहिलेसम्म जिल्लामा भएको विभिन्न प्रतियोगितामा जित्दै इतिहास राखेको नेपाल पत्रकार महासंघ पर्साले नेपाल मेडिकल एसोसिएसन पर्सासंग पहिलो पटक हार ब्योहोर्नु परेको हो ।

खेलको म्यान अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।

यसैगरी, टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा वीरगंज बैंकर्स ग्रुपले आयोजक नेपाल राष्ट्र बैंकलाई हराएको छ । नेपाल राष्ट्र बैंकलाई वीरगंज बैंकर्स ग्रुपले ९ विकेटले हराएको हो ।

वीरगंजको आदर्शनगर खेल मैदानमा भएको खेलमा ८० रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले ८ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पूरा गरेपछी नेपाल राष्ट्र बैंक ९ विकेटले पराजित हुन पुगेको हो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको आयोजक नेपाल राष्ट्र बैंकले निर्धारित १० ओभरमा ६ विकेटको क्षतीमा ७९ रन बनाएको थियो ।

नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि – १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए । प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासंघ पर्सा, वीरगंज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगंज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगंज सहभागी भएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...