1 July ,2025,Tuesday

एसईईमा मधेस प्रदेशका आधा भन्दा धेरै विद्यार्थी अनुत्तीर्ण

वीरगंज, १३ असार । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा मधेस प्रदेशमा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको संख्या ४२ हजार २८६ रहेको छ ।

मधेस प्रदेशमा ५३.१२ प्रतिशत अर्थात ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका हुन् । मधेसबाट गत चैतमा सम्पन्न परीक्षामा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएकोमा ४६.८८ प्रतिशत अर्थात ३७ हजार ३०६ जना मात्र विद्यार्थी पास भएका छन् ।

सबै भन्दा बढी लुम्बिनी प्रदेशमा विद्यार्थी अनुत्तीर्ण भएका छन्। लुम्बिनी प्रदेहबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजा अनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

त्यसैगरी कोशी प्रदेशका ७५ हजार ९८८ विद्यार्थीमध्ये ३९ हजार ८९५ विद्यार्थी अनुत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

बागमती प्रदेशका कुल ९९ हजार ८७२ विद्यार्थीमध्ये ३३ हजार ८४३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशमा २० हजार ३८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । कर्णालीबाट गत चैतमा भएको परीक्षामा ३५ हजार ३४ विद्यार्थी सहभागी भएका थिए ।

गत चैतमा भएको परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १५ हजार ८३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ जनाले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...