26 October ,2025,Sunday

पर्सा सुन चाँदी व्यवसायीमा भुलन साह पुनः निर्वाचित

वीरगंज, २ भदौ । पर्सा सुन चाँदी व्यवसायी सङ्घको अध्यक्षमा पुनः भुलन साह सोनार निर्वाचित भएका छन्। शनिवार राति सम्पन्न मतगणना अनुसार प्रवेश सर्राफलाई १३ मतान्तरले पराजित गर्दै भुलन विजयी भएका हुन्। सोनारले १६२ मत पाएका थिए भने सर्राफले १४९ मत पाएका थिए।
सङ्घको १३ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र दुर्ई सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा सोनारकै प्यानल निर्वाचित भएको छ। उपाध्यक्षमा सोनार समूहका कौशलकिशोर सर्राफ १४९ मतका साथ विजयी भए भने अर्काे उपाध्यक्षमा सर्राफ समूहका जयप्रकाश सर्राफ १४४ मतले निर्वाचित भए।
यसैगरी, महासचिवमा सोनार समूहका अनिलकुमार सर्राफ १७७ मत, सचिवमा विकास सर्राफ १४६ मत र कोषाध्यक्षमा विजयकुमार सर्राफ १५१ मतका साथ निर्वाचित भएका छन्। सदस्यहरूमा विजय सर्राफ, विजय कुमार सर्राफ, लक्ष्मण सर्राफ, मनोज साह, शशी सर्राफ, सुरज सर्राफ र पूजा देवी निर्वाचित भएका छन्।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...