15 December ,2025,Monday

भारतीय सख्खर र विद्युतीय सामान नियन्त्रण

वीरगंज, १० भदौ । पर्सा प्रहरीले ठुलो परिमाणमा भार्तिय सख्खर बरामद गरेको छ । पर्सा जिल्लाको जीराभवानि गाउँँपालिकामा आज बिहान छापामारी गरी ठुलो परिमाणमा भार्तिय सख्खर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकि महादेव पटि को संयुक्त प्रहरी टोलीले जीराभवानि गाउँँपालिका वार्ड नम्बर एक बलुवा टोल का स्थानीय रफिक अन्सारि को घरमा भण्डारण गरि राखिएको अवस्थामा १२० बोरा भार्तिय सख्खर र तिस बोरा भार्तिय युरिया मल बरामद गरेको हो।
बरामद गरिएको सख्खर मल लाइ आवश्यक कार्वाही को लागि वीरगंज भन्सार कार्यालय मा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङेल ले जानकारी दिए । यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका बरामद इलेक्ट्रोनिक्स तथा फलफुलहरू कारबाईका लागि भन्सार कार्यालय बुझाएको छ ।
जिल्लाको विभिन्न ठाउँबाट बरामद भन्सार छलीका ५ लाख भन्दा बढीका सामानहरू आइतवार अबेर कारबाईका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको हो । प्रहरीले गरेको जाँचमा वीरगंजको विभिन्न ठाउँबाट ५ लाख १५ हजार मूल्य बराबरको इलेक्ट्रोनिक्स र किवि बरामद गरेको थियो ।
भन्सार बुझाएको कागजात फेला नपरेपछि पर्सा प्रहरीले थप कारबाईका लागि भन्सार कार्यालय पठाएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।