31 October ,2025,Friday

सामुदायिक श्रीपुरद्वारा सरसफाइ तथा सचेतना कार्यक्रम

वीरगंज, १६ असोज । ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले वीरगंज–१४ स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरमा प्र.ब.ना.नि.गोरख बहादुर शाही प्रमुख आतिथ्यतामा सम्पन्न स्थानीयबासी, समाजसेवी, संचार कर्मी, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सदस्य मधु सिहं,सदस्य जगत राई, सदस्य मुनेश लायोमगर, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय लगायतले सरसफाइ गरेका थिए ।
यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले वीरगंज–११ त्रिमुर्ती टोलमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुल नारायण प्रधान, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय समेतले सर्वसाधारणलाई ६५ थान पर्चा पम्पलेट वितरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...