वीरगंज, १५ मंसिर । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा शुक्रबार रक्तदान तथा निःशुल्क स्वास्थय परिक्षण कार्यक्रम कटहरिया नगरपालिकामा सम्पन्न भएको छ ।
रौतहटको कटहरिया नगरपालिका वाड नम्बर ४ मधेस प्रदेश विवाहो परिसर मै भएको कार्यक्रममा १४२ जनाले रक्तदान गरेको छ भने निस्शुल्क स्वास्थ परिक्षणमा १८२ जनाले स्वास्थय लाभ लिएका थिए ।
कटहरिया नगरपालिका वाड नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल मेडिसिन विभागका डा.आलोक सिंह, बाल रोग विभागका डा.मनोज कुमार गुप्ता, छाला रोग विभागका डा. स्वाती शाह सहभागितामा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
अब नियमित मधेस प्रदेशको हरेक जिल्ला हरेक पालिकामा निस्शुल्क शिविरको आयोजना गर्ने कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले जानकारी दिनुभएको छ ।