19 January ,2025,Sunday

गढीमाई मेलाको हिसाब पुस पहिलो साता हुने –मेला समिति

वीरगंज, ३० मंसिर । बाराको पञ्चवर्षीय मेला गढीमाईको हिसाबकिताब पुस १ गतेदेखि शुरू गरिने मेला समितिले तयारी गरेको छ । मेला समितिका प्रवक्ता विजय स्वर्णकारले दिएको जानकारी अनुसार पुस पहिलो सातासम्म गढीमाई मेलाको आयव्ययको हिसाब सार्वजनिक गरिनेछ । उनले मङ्सिर २९ गते शनिवार र ३० गते उधौली पर्वले गर्दा सार्वजनिक बिदा भएकोले मेलामा भीडभाड बढ्ने अनुमान छ । साथै मेला आंशिकरूपमा माघ १ गतेसम्मै चल्ने मेला समितिले जनाएको छ ।
अहिले पनि मेलाका मनोरञ्जनका साधनहरूमा थिएटरबाहेक अन्य साधनले सेवा दिइएको उनले बताए । मेलाको मुख्य आकर्षणका केन्द्रहरूमा ठूलठूला टावर रोटे पिङ, मौतका कुवा, सर्कस र थिएटर रहेका छन् । हाल थिएटरबाहेक सबै साधनले सेवा दिइरहेका छन् । थिएटरमा ३०० र ५०० को टिकट लगाइएको थियो भने अन्य मनोरञ्जनका साधनमा रु सयको ईटिकट राखिएको थियो । तर मेला समितिले मनोरञ्जनका साधनका सञ्चालकहरूसँग कति प्रतिशतको भाडबन्डामा ती साधन चलाउन अनुमति दिइएको त्यसबारेमा केही खुलाएको छैन ।
मेलामा मनोरञ्जनका साधनहरूप्रति भक्तजनहरू अत्यधिक रमाएका थिए । मौतका कुवा र झुलुवाहरूले मेलाको मुख्य तीन दिनमा दैनिक डेढ लाखसम्मको कारोबार गरेको बुझिएको छ ।
मेला समितिले केही थिएटरलाई मुख्य मेला अवधिमा सञ्चालनमा रोकसमेत लगाएको थियो । मेला समितिका पदाधिकारीलाई रु तीन लाखसम्म नजराना नदिंदा दुई दिन थिएटर चल्न दिइएको थिएन । तर मेला समितिले यो आधारहीन कुरा भएको दाबी गरेको छ । थिएटरमा विवाद हुँदा भीडभाडको दिनमा आपराधिक गतिविधि नहोस् भनेर केही दिन सञ्चालनमा रोक लगाइएको मेला समितिका प्रवक्ता स्वर्णकारले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...