28 June ,2025,Saturday

सबै एकजुट भएर संस्कृतिको जगेर्ना गरौंस् उपप्रमुख डंगोल

काठमाडौँ, ३० मंसिर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

ज्यापु दिवसको अवसरमा आइतबार बसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न जुटेर अघि बढ्नुपर्ने बताएकी हुन् ।

‘हामीले देशलाई आर्थिक रूपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ। सबैजना एकजुट भएर लाग्नुपर्छ। ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्वपूर्ण भूमिका छ,’ उनले भनिन् ।

उनले सबै एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताइन्। सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै भाषा र लिपीलाई पनि जीवित राख्नु पर्ने उनको भनाइ छ ।

उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
(न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...