23 October ,2025,Thursday

वीरगंजको क्रिकेट विकासबारे मेयर सिंह र पूर्व कप्तान पारस खड्काबीच छलफल

वीरगंज, २२ पुस । नेपाल क्रिकेटका पूर्व कप्तान पारस खड्कासँग आज वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरको आफ्नै कार्यकक्षमा भेट गरी क्रिकेटको विकास र प्रवद्र्धन विषयमा विशेष छलफल गरेका छ।
छलफलमा वीरगंजलाई क्रिकेटको केन्द्र बनाउँदै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनका लागि दीर्घकालीन योजना तयार गर्ने विषयमा कुरा उठेको छ। मेयर सिंहले वीरगंजलाई खेलकुदमैत्री शहर बनाउने प्रतिबद्धता जनाउँदै क्रिकेटको विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रम र प्रतियोगिताहरूको आयोजना गर्न महानगर तत्पर रहेको बताउनुभयो।
पूर्व कप्तान पारस खड्काले वीरगंजको क्रिकेटमा रहेको सम्भावना औंल्याउँदै यस क्षेत्रमा नयाँ खेलाडी उत्पादनका लागि ठोस कदम चाल्न आवश्यक रहेको सुझाव दिनुभयो। उहाँले क्रिकेटको विकासका लागि खेल सामग्रीको व्यवस्था, कोचिङ कार्यक्रम र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाको महत्त्वलाई जोड दिनुभयो।
कार्यक्रममा मेयर सिंहले क्रिकेटलाई वीरगंजको पहिचानको हिस्सा बनाउने सपना राख्दै महानगरले यस्ता पहलहरूलाई निरन्तरता दिने आश्वासन दिनुभयो। छलफलपछि दुवै पक्षले भविष्यमा सहकार्य गरी महानगरका युवा खेलाडीहरूलाई अवसर दिन प्रतिबद्धता जनाएका छन।
छलफलमा स्थानीय खेलकुद संघका पदाधिकारी, क्रिकेटप्रेमी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। यसले वीरगंजको क्रिकेट विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...