21 October ,2025,Tuesday

जय ट्रफीको फाइनलमा आर्मी र पुलिस भिड्ने

वीरगंज, २८ पुस । क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)द्वारा मधेस प्रदेशको वीरगंज र जनकपुरमा आयोजना भइरहेको जय ट्रफीको फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
वीरगंजमा सम्पन्न अन्तिम लिग खेलमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत निकालेको छ भने जनकपुरमा सम्पन्न बाग्मती प्रदेशविरुद्ध नेपाल पुलिस क्लबले पाँच विकेटले खेल जित्दा फाइनलमा पुगेको हो ।
अङ्कतालिका अनुसार नेपाल पुलिस क्लब तीनवटा लिग खेल अन्तर्गत दुईवटा जितेर प्रथम स्थानमा छ भने त्रिभुवन आर्मी क्लब तीनवटा लिग खेलमध्ये एउटा खेल जितेर दोस्रो स्थानमा छ ।
बाग्मती प्रदेश एउटा खेल हार्दा तेस्रो र मधेस प्रदेश दुईवटै खेल हार्दा चौथो स्थानमा समेटिएका छन् ।
वीरगंजमा सम्पन्न आर्मी र मधेस प्रदेशको खेलमा टस हारेर पहिलो दिनको पहिलो पारीमा नौ विकेटको क्षतिमा आर्मीले २२५ रन बनाइ पारी घोषणा गर्दा मधेस प्रदेश पहिलो पारीमा जम्मा १०२ रनको योगफलमा सबै विकेट गुमाउँदा आर्मीले फलोअन दिएर दोस्रो पारी खेल्न मधेस प्रदेशलाई बोलाएको थियो । मधेस प्रदेशले दोस्रो पारीमा सबै विकेट गुमाइ १५० रन बनायो । ३० रनको विजयी लक्ष्य लिएर दोस्रो पारी खेलेको आर्मीले छ ओभरमा तीन विकेटको क्षतिमा ३० रन बनायो ।
प्रतियोगिताको दोस्रो पारीमा आर्मीका बलर वशिर अहमदले चार, साहब आलमले तीन, आकाश चन्दले दुई विकेट लिएर मधेस प्रदेशको दोस्रो पारी पनि भताभुङ्ग पारेका थिए । मधेस प्रदेशको दोस्रो पारीमा मयन यादव ४९, कप्तान हरिशङ्कर साहले २५ र अभिषेक तिवारीले १९ रनको योगदान दिएका थिए । सो खेलको उत्कृष्ट खेलाडी आर्मीका साहब आलम घोषित भए । उनले पहिलो पारीमा छ र दोस्रो पारीमा तीन गरी एउटै खेलमा नौ विकेट लिएका छन् ।
त्यसैगरी, जनकपुरमा सम्पन्न खेलमा टस हारी बाग्मती प्रदेशले पहिलो पारीमा ११२ र दोस्रोमा २१८ रन बनाएको थियो भने नेपाल पुलिस क्लबले पहिलो पारीमा २१५ र दोस्रोमा ११६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेकोमा आज दिउँसो ३ः४५ सम्म २३ ओभरमा पाँच विकेटको क्षतिमा ११६ रन बनाएर विजयी भयो ।
पुलिसको दोस्रो पारीमा अमित श्रेष्ठको ५६, कुशल भुर्तेलको ३२, अर्जुन साउदको २० रनको योगदान रहेको थियो भने बाग्मतीका सन्दीप लामिछाने दुई, नन्दन यादव, प्रतीश जिसी, सूर्य तामाङले समान एक/एक विकेट लिएका थिए ।
जय ट्रफीको फाइनल तीन दिवसीय खेल माघ १ गतेदेखि वीरगंजको नारायणी क्रिकेट मैदानमा हुने क्यान, पर्साका अध्यक्ष मनीष सिंहले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...