29 June ,2025,Sunday

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावासको निरीक्षण

काठमाडौँ, २९ जेठ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ ।
भारतको कोलकातामा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएको उहाँले आज महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको हो ।
मन्त्री रिजाललाई महावाणिज्यदूत ईश्वरराज पौडेल तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारबाहीका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले नेपाल–भारतबीच भएको पारवहन सन्धिअनुसार सेवा प्रवाह बारेमा विस्तृत जानकारी लिनुभएको मन्त्री रिजालको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री रिजालले महावाणिज्य दूतावासबाट हुने सेवा प्रवाह प्रवाभकारी बनाउन निर्देशन दिनुभएको थियो ।
बिम्स्टेक व्यापार सम्मेलन यही जेठ ३०, ३१ र ३२ गते भारतको कोलकातामा हुँदैछ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवद्र्धनलगायत विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल आइतबार भारत प्रस्थान गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...