25 August ,2026,Tuesday

वडा प्रहरी कार्यालय विर्ताद्वारा भन्सार छलीका लाखौ मुल्यका सामान बरामद

वीरगंज । भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको १ लाख २४ हजार मूल्य बराबरको सामान प्रहरीले वीरगंजबाट बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ बाट भन्सार छलेर ल्याइएको विभिन्न सामान बरामद गरेको हो ।

बरामद सामानहरूमा ८६ हजार ४ सय मूल्य बराबरको १८ कार्टुन टेन्ट टेस्टी चकलेट र ३८ हजार ४ सय बराबरको कोको चकलेट ८ कार्टुुन रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

बरामद सामानलाई थप अनुसन्धान एवम आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बोगटीले बताए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...