वीरगंज, १५ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले देशमा गणतन्त्र आएपनि जनताले त्यसको अनुभुति गर्न नपाएको दावी गरेका छन ।
वीरगंजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले सो दावी गरेका हुन । उनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिर्वतन नभएको जिकिर गरे । उनले नेपाल सवै नेपालीको लागि बन्नै नसकेकोमा चिन्ता समेत व्यक्त गरे । नेता महतोले नेपालको शासन नश्लिय चिन्तन सोचबाट चलेको आरोप लगाउँदै रक्षकनै भक्षक हुदा देशमा समस्या भएको आरोप लगाए ।
महतोले उत्पीडनमा परेका सबै समुदायको हितको लागि देशमा क्रान्तिको आवश्यकता रहेको बताउदै छिटै देशभरिनै परिर्वतन र मुक्तिको निम्ति आन्दोलन गर्ने बताए । फागुन १६ गतेबाट भद्रकालिबाट शुरू पहिलो चरणको राष्ट्रिय मुक्ति क्रान्ति चैत्र २४ गते सम्पन्न भएको र पुनः जेठ ७ गतेबाट दोस्रो चरणको अभियान शुरू गरिएको महतोले बताए । उनले दोस्रो चरण अन्र्तगत एक महिनामा हिमाल,पहाड र तराईमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी दिए । महतोले जेठ २१ ग्ते दाङ्गको घोराहीमा आम सभा गर्ने, २६ गते कोशी नामको खोरेजी र प्रदेशको पुनः सरचनाको माँग गर्दै बिराटनगरमा बिरोध सभा गर्ने,त्यसतै जेठ २९ बागलुगको बुर्तिवांगमा सभा गर्ने, असार १ गते मधेशी पहाडीको एकता सभा लालबन्दीमा गर्ने र अभियानको अन्तिम दिन असार ४ काठमाडौंको माईतीघर मण्डेलामा सभा गर्ने निर्णय गरिएको नेता महतोले जानकारी दिए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धिछिरिङ्ग,कमला गुरूङ्ग,नेजामुदिन समानी,राजिव झा,राजेश साह लगायतको उपस्थिति थियो ।
चन्द्रौटा, १८ जेठ
कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...
–विशेष समाचारदाता रमेश लम्साल
नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...