7 December ,2025,Sunday

गढीमाई मेला माघ ५ गते समापन हुने

वीरगंज, ३० मंसिर ।
महागढीमाई नगरपालिका–१ बरियारपुरमा मङ्सिर १ गतेदेखि शुरू भएको विश्वप्रसिद्ध गढीमाई मेला माघ ५ गते औपचारिकरूपमा समापन हुने बताइएको छ। हालसम्म दुई करोड ५० लाख दर्शनार्थीले गढीमाई मेलाको अवलोकन गरेको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनाएको छ।
पशुबलिको लागि विश्वमैं प्रसिद्ध रहेको गढीमाई मेला अवलोकन गर्न नेपाल, भारतलगायत विश्वका
धेरै देशबाट दर्शनार्थीहरू आउने क्रम जारी रहेको समितिले जनाएको छ।
गढीमाईसँग दर्शनार्थीहरूले मागेका मनोकामना पूरा भएपछि भाकल अनुसार भक्तजनहरूले राँगा, बोकाको बलि चढाउने गरेको समितिले जनाएको छ।
हालसम्म पनि मेलामा दर्शनार्थीहरूको भीड रहेकाले माघ ५ गतेसम्म १५ लाख दर्शनार्थी मेलाको अवलोकन गर्न आउने महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले दाबी गरे। उनले बढी भीडभाड भएको कारण धेरै दर्शनार्थी मङ्सिरमा मेला अवलोकन तथा गढीमाईको भाकल चढाउन नआएकाले उनीहरू माघ १ गते आउने बताए। उनले २०८१ सालको विश्वप्रसिद्ध गढीमाई मेला अहिलेसम्म शान्तिपूर्ण तरीकाले आयोजन भइरहेको र आगामी दिनमा समेत शान्तिपूर्ण तरीकाले मेला सम्पन्न हुने दाबी गरे।
मेलामा दर्शनार्थीहरूको सहजताका लागि बिजुली बत्ती, सिसिटिभी, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिरवरिपरि निश्शुल्क वाइफाई, मेलास्थलका सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निश्शुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र तथा भोजनलगायतको व्यवस्था गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...