स्व.नरेश सर्राफ स्मृति अक्षय कोषमा १० लाख र छोरिको शिक्षाको लागि माहानगर द्धारा ५ लाखको चेक प्रदान

स्व.नरेश सर्राफ स्मृति अक्षय कोषमा १० लाख र छोरिको शिक्षाको लागि माहानगर द्धारा ५ लाखको चेक प्रदान गरिएको छ ।
अल्पआयुमै निधन भएका वीरगंज १६ नगवामा बस्ने स्वर्गीय पत्रकार नरेश सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा गत मंसिर २५ गते आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार सर्राफकी छोरी श्रेया सर्राफ लाई अध्ययन र भरण पोषणका लागि ५ लाख रुपैयाँ र अक्षय कोषमा १० लाख रुपैयाँको चेक पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी लाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।
स्व.पत्रकार नरेश सर्राफ पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको गत मंसिर १५ गते ह्रदयघात कारण निधन भएको थियो ।
अहिले सम्म सवर्गीय सर्राफको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपैयाँ, पत्रकार माहासंघ पर्सा शाखा द्धारा १ लाख ५० हजार रुपैयाँ,र बीरगंंज माहानगरपालिका द्धारा १० लाख रुपैयाँ प्रदान गरिएको छ । मेयर सिहंले अगामी दिनमा पनि बीरगंज माहानगरपालिका द्धारा जे हुन सक्छ सहयोग गर्ने मेयर सिहंले बताएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *