15 June ,2026,Monday

spot_img
spot_img
spot_img
spot_img

डिजिटल मार्केटिङ तथा प्राविधिक कार्यशाला सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

अभिलाष गुप्ता
वीरगंज, १ असाढ । वीरगंजस्थित बिकन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक प्रविधि तथा डिजिटल सीपमा दक्ष बनाउने उद्देश्यले आयोजित डिजिटल मार्केटिङ तथा प्राविधिक कार्यशाला (Technical Workshop) सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको डिजिटल मार्केटिङ तालिममा सहभागी विद्यार्थीहरूले आधुनिक डिजिटल माध्यम, सामाजिक सञ्जाल व्यवस्थापन, अनलाइन प्रचार–प्रसार, कन्टेन्ट निर्माण तथा डिजिटल ब्रान्डिङसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए।

तालिमले विद्यार्थीहरूलाई वर्तमान डिजिटल युगका अवसर तथा चुनौतीबारे जानकारी गराउनुका साथै भविष्यमा आवश्यक पर्ने डिजिटल सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ। तालिमको समापनपछि विद्यार्थीहरूको सिकाइ मूल्याङ्कन गर्न विशेष परीक्षा सञ्चालन गरिएको थियो।मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा कक्षा १० का आर्यन राउत प्रथम, कक्षा ९ का सार्थक गुप्ता द्वितीय, कक्षा १० का पियुष ठाकुर तृतीय तथा कक्षा ९ की सञ्जना शाह चौथो स्थान हासिल गर्न सफल भएका थिए।

पुरस्कार वितरण समारोहमा विद्यालयका प्रिन्सिपल जय दनुवार, डाइरेक्टर मुना खनाल, विद्यालयका संस्थापक तथा समाजसेवी प्रकाश उपाध्याय, विद्यालय प्रतिनिधि सुभाष सिंह, शिक्षक रोहित शर्मा, मारूफ आलम, शिक्षिका काजल धामी, नेहा चौधरी, खुसी गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले डिजिटल युगमा सूचना प्रविधि तथा डिजिटल मार्केटिङसम्बन्धी ज्ञान अपरिहार्य बन्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई यस्ता सीपमूलक तालिममा निरन्तर सहभागी हुन आग्रह गरेका थिए। उनीहरूले विद्यालय तहबाटै डिजिटल शिक्षाको विस्तारले विद्यार्थीहरूको भविष्यलाई थप प्रतिस्पर्धी र अवसरमूलक बनाउने विश्वास व्यक्त गरे।कार्यक्रमका प्रशिक्षक विवेक कुमार दास ले तालिम अवधिभर विद्यार्थीहरूले देखाएको उत्साह, लगनशीलता र सिकाइप्रतिको समर्पणको प्रशंसा गर्दै प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सुझाव दिएका थिए। उनले डिजिटल सीप आजको समयको महत्वपूर्ण आवश्यकता भएकाले यस क्षेत्रको अध्ययन र अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

यस अवसरमा विद्यालय व्यवस्थापन, शिक्षक तथा प्रशिक्षकलाई कार्यक्रम सफल बनाउन पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गरिएको थियो। सहभागी विद्यार्थीहरूको सक्रियता, मेहनत र प्रतिबद्धताले कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाएको आयोजकको भनाइ छ।

“उज्ज्वल भविष्यका लागि विद्यार्थीलाई डिजिटल सीपबाट सशक्त बनाऔँ” भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधिमैत्री र आत्मनिर्भर बन्न प्रेरित गरेको विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...