18 June ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सम्पन्न, असार ७ मा निर्वाचन हुने

अभिलाष गुप्ता
जीतपुरसिमरा, ०२ असाढ । जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सहितको वार्षिक साधारणसभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उद्योगी, व्यवसायी, विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्षको वार्षिक प्रतिवेदन पनि अनुमोदन गरिएको थियो। बन्दसत्रमा व्यवसायिक वातावरण निर्माण, उद्योग–व्यवसाय क्षेत्रका चुनौती, लगानीमैत्री वातावरण तथा निजी क्षेत्रका सरोकारका विषयमा उद्योगी तथा व्यवसायीहरूले आफ्नो चासो र चिन्ता व्यक्त गरेका थिए।अधिवेशनलाई सफल बनाउन योगदान पुर्‍याउने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख, महासंघका केन्द्रीय तथा जिल्ला/नगर तहका पदाधिकारी, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय,बस्तुगत समिति,अग्रज उधोगी ब्यवसायी,नेपाल प्रहरी, सशस्त्र प्रहरी, सल्लाहकार, राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूप्रति संघले आभार व्यक्त गरेको छ।

यसैगरी, संघद्वारा प्रकाशित स्मारिकामा शुभकामना सन्देश प्रदान गर्ने मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल,निजगढ उधोग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,पर्सौनी उधोग बाणिज्य संघका अध्यक्ष तुल्शी गुप्ताको समेत उपस्थिति रहेको थियो।अधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएपछि निर्वाचन समितिलाई आगामी नेतृत्व चयन प्रक्रियाको जिम्मेवारी हस्तान्तरण गरिएको छ। निर्वाचन अधिकृत अधिवक्ता शरद चन्द्र भट्टराईका अनुसार आगामी असार ७ गते निर्वाचन, तथा असार ११ गते नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिने तय भएको छ। यस सम्बन्धी विस्तृत निर्वाचन तालिका पनि सार्वजनिक गरिएको छ।कार्यक्रमको समापनका क्रममा अध्यक्ष मोहन शर्माले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै संघको निरन्तर प्रगतिका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

उनले “जय उद्योग, जय व्यापार, जय पर्यटन” भन्ने नारासहित उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा संघ सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...