20 January ,2025,Monday

लिङ्देनको कार्यशैलीप्रति राप्रपामा चरम असन्तुष्टि,चन्द निवासमा धबलको हुँकार

२८ श्रावण २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नेतृत्वको क्षमता र कार्यशैलीबारे प्रश्न उठ्न थालेको छ । निकै अगाडिदेखि असन्तुष्टहरुको चलखेल शुरु भएता पनि पछिल्लो समय बैठककै रुपमा असन्तुष्टि प्रकट भएको छ।

राप्रपाका संस्थापक नेता पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैककमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरु लाई बोलाइएको बैठकमा महामन्त्री धवलशमशेर राणाले यथास्थिति बाट पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् ।

विधि मिचेर मनपरी र स्वेच्छाचारी ढङ्गले नेतृत्व अघि बढेकाले यो स्वीकार्य हुन नसक्ने राणाको भनाइ थियो। निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी,हरिबहादुर बस्नेत,नवराज सुवेदीले पनि पार्टी विधिसम्मत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिँदै त्यसो हुन नसके समस्या उत्पन्न हुन सक्नेतर्फ सचेत गराएका थिए ।

पूर्व प्रधानमन्त्री चन्दले धेरै साथीहरुको गुनासो भएकाले पार्टीमा किन सुनवाइ भएन भनेर आफू चिन्तित भएको भनाइ राखेका थिए । विधि विधान भन्दा पनि राजनीतिक र ब्यवहारिक रुपमा केही निर्णय भएकाले प्रश्न उठेको हुन सक्ने भन्दै सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाले बैठकमा असन्तुष्टिलाई थप चर्किन दिएका थिएनन् ।

बैठकमा उपस्थित दीपक बोहरा,उद्धव पौडेल,जयन्त चन्द,नीलकन्ठ काफ्ले लगायतले बोलेनन् भने वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राजेन्द्र गुरुङको धारणा मध्यमार्गी किसिमको थियो ।

बैठकमा आमन्त्रित पशुपतिशमशेर राणा, बुद्धिमान तामाङ,विक्रम पाण्डे,भुवन पाठक,कुन्ति शाही अनुपस्थित थिए । पशुपतिशमशेर राणा पुस्तक विमोचन कार्यक्रममा व्यस्त रहेको,विक्रम पाण्डेको आँखामा समस्या देखिएको,कुन्ती शाही विदेश भ्रमणमा रहेको,भुवन पाठक बागमती प्रदेश सभामुखको जिम्मेवारले गर्दा अनुपस्थित भएको जानकारी दिइएको थियो ।

पार्टी स्रोतका अनुसार राप्रपा चाडै सत्तामा जाने तयारीमा रहेको र यसरी सरकारमा जाने समयमा त्यो बैठकमा उपस्थित भएर अध्यक्ष लिङ्देनसँग सम्बन्ध नबिगार्न चाहेकाले राणा,पाण्डे र तामाङ अनुपस्थित भएका हुन् ।

‘पार्टी सरकारमा जाँदा तीनै जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्’,स्रोतले भन्यो ।

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टी संचालनको क्रममा धेरै असन्तुलन देखिएको,विधि मिचिएको,स्वेच्छाचारी र सर्वसत्तावादी मानसिकताले काम गर्ने गरिएको,पुराना योगदान दिएकाहरुको अवमुल्यन गरिएको,महाधिवेशन बाट पारित सत्ता केन्द्रित नहुने नीतिलाई लत्याएर सत्तालिप्सा देखाएको,एजेन्डा स्थापित गर्न आन्दोलन गर्न रुची नदेखाएको,सबैलाई समेट्न भन्दा एकाङ्की रुपमा अघि बढेको जस्ता विषयले असन्तुष्टि चुलिएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...