योजना तथा पूर्वाधार विकास समितिको संयोजकमा वडाध्यक्ष यादव मनोनीत

४ भदौ,२०८०

वीरगंज । वीरगंज महानगरको योजना तथा पूर्वाधार विकास समितिको संयोजकमा वडाध्यक्ष मनोज यादव मनोनीत भएका छन् ।वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यादवलाई समितिको संयोजकको जिम्मेवारी दिँदै सोमबार मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष यादवलाई सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार मेयर सिंहले पूर्वाधार विकास समितिको संयोजकमा मनोनीत गरिएको महानगरले जनाएको छ।यादव स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० बाट विजयी भएका थिए ।

समितिको संयोजकमा मनोनीत भएपछि प्रतिक्रिया दिँदै यादवले प्राप्त जिम्मेवारीलाई इमानदारिता पूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै महानगरको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *