जिउतियाकाे अवसरमा शुक्रबार वीरगंजका विद्यालय विदा

वीरगंज, १८ असाेज । जिउतिया पर्वकाे अवसरमा वीरगंज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ ।
वीरगंज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगंजमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।
तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *