रौतहटको फतुवा बिजयपुरका तत्कालीन मेयर यादव भ्रष्टचारी ठहर

रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन्।श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो।

विषेश अदालतले मंगलबार प्रतिवादी बनाइएका २१ जनामध्ये मेयरलाई मात्र दोषी ठहर हुने फैसला सुनाएको हो। सजाय निर्धारण हुन बाँकी छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपप्रमख,५ वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुलाई पनि प्रतिवादी बनाएको थियो। त्यसमा १८ जना जनप्रतिनिधि र ३ जना तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रहेका थिए।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया नदीको ठेक्का फतुवा विजयपुरले गैरकानूनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोप लागेको थियो।

लालबकैया नदीबाट ढुङ्गा गिट्टी र बालुवाकोे निकासीकालागि दुबै नगरपालिकाले संयुक्त ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएको थियो।

उनीहरुले २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगराएको तथा वोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।

एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपैयाँ बिगो दावी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *