वीरगंज । जनता समाजवादी पार्टी जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेसमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका उच्छृंखल गतिविधीप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका व्यक्तपनि गरे ।
उनले भने,अहिले आफुलाई राजावादी भन्नेहरू हौसिएका छन। किन ? । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ? ।’
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य सांसद समेत रहेका यादवले पुर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्न सरकारसंग मागपनि गरे ।
मधेस जहिल्यै पनि गणतन्त्र र संघीयताका लागि लडेको भन्दै यादवले भने,‘ तर अहिले मधेसमा एउटा कुनै शक्तिले षडयन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ । ’
मधेसको राजनीतिक शक्ति भनेकै हिन्दू र मुस्लिमबिचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताबिचको एकतालाई तोडने षडयन्त्र भईरहेको बताए ।
उनले धार्मिक द्वन्द्ध चर्काउने, हिंसाका लागि उक्साउने, सामाजिक सद्भाव भडकाउने अभिव्यक्ति दिने महन्थ वा मौलवी जोसुकै भएपनि उनिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरे ।
समाजमा द्वन्द्ध र हिंसा फैलाउन उक्साउने व्यक्ति वा समुहको फेसबुक र टिकटक आइडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए ।
यादवले भने,‘ सोसल मिडियामा उत्तेजक सामग्री राख्ने, पुराना भिडियोलाई तोडडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने,अर्काको धर्म वा धर्मावलंम्बीलाई अपमान गर्ने, गाली गलौज गर्ने, हिंसा फैलाउन झूठा, मनगढ़ंत कुरा राख्नेहरूको तुरन्त पहिचान गरि दण्डित गर्नपर्छ ।
उनिहरुको फेसबुक र टिकटक आईडी सरकारले तुरून्तै बन्द गर्नुपर्छ ।