वीरगंज । श्री दुर्गा माताको पुनः प्राण प्रतिष्ठान तथा कलश यात्रामा सहभागीहुन वडा न. ८ का वडा अध्यक्ष रितेश गुप्ताले नगरवासिमा आग्रह गरेका हुन ।
पानीटंकी वडा न. ८ मा अवस्थित यो मन्दिरको बारेमा जानकारी गराउदै अध्यक्ष गुप्ता बताउछन यो मन्दिरको अवस्था पहिला दयनिय रहेका र मन्दिर पनि सानो थियो । तत्कालिन पूर्व मुख्यमन्त्रि लालबाबु राउत गदिको पहलमा संघिय सरकारको बजेटले यो मन्दिरको ८० प्रतिशत कार्यपूरा भएको थियो र बाकी वार्डको बजेटले मन्दिरलाई पूर्णता दिएको छ ।
यो मन्दिरको प्राण प्रतिष्ठान दशैलाई लक्षित गरि घटस्थापनाको दिन बिहान ७ बजे कलश यात्रा गरि त्यही दिन प्राण प्रतिष्ठान गर्ने गुप्ताले जानकारी गराए । फूलपातिको दिन गायकह्ररद्धारा भव्य जागरण र झाँखीहुने, नवमीको दिन दिउँसो हवन गरेर १०८ चण्डिको पाठ र आरतीको आयोजना रहेको, दशमीको दिन पुजा सेलायर माहाप्रसादको व्यवस्था समेत रहेको अध्यक्ष गुप्ताले बताए ।
पूजा व्यवस्थापन समिति खडा गरेर हामी सबै साथीहरु टोलबासीहरु सँग आर्थिक सहयोग ६ लाख सम्म जुटाएको र पू्जा कार्यक्रममा लगभग १४ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ । कति जना साथीले आफ्नो नाम नखुलाई चन्दा दिएका छन । हामी सबै चन्दा दाताको नाम रकम र खर्च सबै पार्दशी गर्नेछौं । यसमा नगरपालिकाको पनि सहयोग रहेको छ । मन्दिर अवस्थित जग्गाको बारेमा पनि गुप्ताले जनकारी गराए । यो जग्गा प्रेम कुमार टिवडीवालको निजी जमिन रहेको र उहाँ आफ्नो खर्च लगाएर नगरपालिकाको नाममा उतारेको प्रति अध्यक्ष गुप्ताले जग्गा धनिलाई आभार व्यक्त गरे ।
यो कार्यक्रम दुर्गा मन्दिरको प्राङणमा दुर्गा पूजा तथा प्राण प्रतिष्ठान समितीका अध्यक्ष संजय श्रीवास्तवको अध्यक्षतामा समपन्न भएको थियो भने अन्य पदाधिकारीहरुमा कोषाध्यक्ष डा. अमरनाथ ठाकुर, कलश यात्रा संयोजक रामाधार साह सोनार, सदस्यहरु पप्पु कुमार गुप्ता, शम्भु प्रसाद जयसवाल, जितेन्दर प्रसाद कलवार, सुरज पाण्डे, बिबेक पंजियार, संतोष कुमार साह, प्रेम कुमार साह, पत्रकार माहासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खडका लगायत पत्रकारहरुको सहभागिता समेत रहेका थियो ।