16 September ,2024,Monday

मधेश प्रदेशकै ठूलो धनराशिको प्रथम वीरगन्ज गोल्डकप प्रतियोगिता १८ कात्तिकदेखि हुँदै

वीरगंज,कात्तिक १ । झन्डै पाँच वर्षपछि मधेश प्रदेशको ठूलो धनराशिको प्रथम वीरगंज फुटबल गोल्डकप प्रतियोगिता २०८० आगामी १८ कात्तिकदेखि हुने भएको छ। भेट्रान सिटी क्लब वीरगंजको आयोजनामा पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका साथ प्रथम वीरगंज फुटबल गोल्डकप प्रतियोगिता हुन लागेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा वीरगंज हुन लागेको फुटबल प्रतियोगिता मधेश प्रदेशकै ठूलो धनराशि भएको प्रतियोगिता रहेको आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिए।

एक हप्तासम्म चल्ने प्रतियोगितामा नेपालका पाँचवटा टिम,भारतका दुईवटा टिम र आयोजक क्लबसहित आठवटा टिम प्रतियोगितामा सहभागी हुन लागेको अध्यक्ष बस्नेत बताए। उनका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी फुटबल क्लब,नेपाल पुलिस फुटबल क्लब,संकटा क्लब,चर्च ब्वाइज युनाइटेड,झापा एफसी क्लब सहभागी हुनेछन्।

यस्तै, भारतको क्लाइभ हाउस डमडम कोलकाता,नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटी क्लब वीरगंजको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने आयोजक क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले बताए।

यस्तै, प्रतियोगितामा खेलको म्यान अफ दी म्याचहुने खेलाडीलाई र म्याम अफ दी सिरिज हुने खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिनेछ।

करिब ८० लाखको लागत हुन लागेको प्रतियोगितामा वीरगंज महानगरपालिका कार्यालयले २५ लाख सहयोग गर्ने र बाँकी लागत रकम विभिन्न प्रायोजक र टिकटको रकमबाट उठाउने उपाध्यक्ष श्रेष्ठले बताए।

 

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...