अपहरणमा परेका वृद्धको भारतबाट उद्धार

वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।
कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह कलवारलाई राति १२ बजे बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट अपहरण मुक्त गराएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्Fक मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले भेलाही थानाको समन्वयमा कलवारलाई सकुशल अपहरण मुक्त गरि ल्याएको हो ।
आइतवार साझ वीरगंज बाट घर जाने क्रममा प्रसौनी भाठाबाट ५ जना अपरिचित व्यक्तिले निज लाइ अपहरण गरि भारतको भेलाहिमा रहेको बिनोद वर्णवालको घरमा राखेको अवस्थामा प्रहरीको विशेष सुचनाको आधारमा अपहरण मुक्त गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
अपहरितलाइ परिवारको जिम्मा लगाइएको छ भने घटना वारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *