8 February ,2025,Saturday

अपहरणमा परेका वृद्धको भारतबाट उद्धार

वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।
कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह कलवारलाई राति १२ बजे बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट अपहरण मुक्त गराएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्Fक मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले भेलाही थानाको समन्वयमा कलवारलाई सकुशल अपहरण मुक्त गरि ल्याएको हो ।
आइतवार साझ वीरगंज बाट घर जाने क्रममा प्रसौनी भाठाबाट ५ जना अपरिचित व्यक्तिले निज लाइ अपहरण गरि भारतको भेलाहिमा रहेको बिनोद वर्णवालको घरमा राखेको अवस्थामा प्रहरीको विशेष सुचनाको आधारमा अपहरण मुक्त गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
अपहरितलाइ परिवारको जिम्मा लगाइएको छ भने घटना वारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...