16 July ,2024,Tuesday

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

वीरगन्ज २२ मङ्सिर।
बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलमको सम्योजकत्वमा गठित अनुगमन समितिले बिरगंजका विभिन्न मदिरा फर्महरुमा अनुगमन गरेको छ । खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा खटिएको टोलिले बिहिवार र शुक्रबार गरि २ दिन महानगरका विभिन्न ठाँउमा रहेका मदिरा फर्महरुमा अनुगमन गरेको हो । यसरी अनुगमन गर्दा अधिकांस मदिरा ब्यबसाय गर्ने फर्म हरु महानगरमा ब्यबसाय दर्ता नगरी सन्चालन भएको पाइएको छ । यसरी बिना दर्ता ब्यबसाय सन्चालन भएका मदिरा ब्यबसायी हरुलाइ सात दिन भित्र महानगरमा ब्यबसाय दर्ता गर्न चेतावनी सहितको पत्र काटिएको बिपिन कुमार दासले बताउनु भयो । अनुगमनको क्रममा बजारमा पाइएका डेट स्पायर बड्बाइजर बियर , नेपाल आइस लगाएत का बियरहरु नष्ट गरिएको अनुगमन टोलिमा रहेका होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बताउनु भयो । उनले महानगरमा ब्यबसाय दर्ता नभएका होटल तथा मदिरा ब्यबसायिहरुलाइ संघले पनि महनगरमा दर्ता हुन छुट्टै सर्कुलर जारी गरिने बताउनु भयो । अनुगमन टोलिले दिपक इम्पेक्स , शिखर इन्टर्प्राजेज , जय जग्दम्बा ,रबि ट्रेडर्स ,लक्ष्मी स्टोर ,साजन स्टोर , अजित इम्पेक्स र रिया एन्ड अदिती लगाएतका फर्महरु अनुगमन गर्दा फर्म दर्ता नभएको , नवीकरण नभएको , मिति गुज्रिएको मदिरा बिक्रि भएको तथा एक्स्पायरी जोन नछुट्टयाएको जस्ता कैफियत भेट्टाएको थियो ।
अनुगमन टोलिमा महानगरका बिपिन कुमार दास , होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त , उपभोक्ता मन्चका अजित भुजेल , बिरगंज उद्योग बाणिज्य संघका प्रती निधि मनोज दास , जिल्ला प्रसासन , घरेलु ,बाणिज्य तथा नाप तौल कार्यालयका प्रतिनिधि हरु हरु सम्लग्न थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...