चार लाख मूल्य बराबरको सामानसहित पिकअप नियन्त्रण

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले ३ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ ।
मंसिर २६ गते राति १०ः३० बजे प्रहरी कार्यालय जितपुर र अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरबाट ना ७ ख ८८२२ नम्बरको बस र वडा नं.२१ अमलेखगंजबाट बा.प्र.–०३–००१ च १४३० नम्बरको पिकअप गाडी चेकजांच गर्दा बिलबिजकभन्दा बढी भएकोे टेन्टको ग्ल्याक्सी कपडा २४ पिस, टेन्टमट लगाउँने फुल १५ पोका, सिद्रा माछा १०० किलो प्याज २५०० किलो नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *