वीरगंज,२८ मंसिर । वीरगंज माहानगरपालिका वार्ड न. १६ का वडा अध्यक्ष पशुराम चौरसियाले भगवान पशुरामजीको मन्दिरको शिलन्यास गर्नुभएको छ ।
वीरगंज वार्ड न. १६ नगवा स्थित पर्ने यो जग्गा नेशनल मेडिकल क्लेजबाट १०० मि. दक्षिण तर्फ जाने बाटोको साईडमा रहेको एैलानी जग्गामा भगवान पशुरामजीको मन्दिरको शिलन्यास भएको छ ।
ब्रह्मर्षि सामाजका अगुवाहरुको पहलमा यो मन्दिरको काम अगाडी बढेको छ । ब्रह्मर्षि सामाज पर्सा जिल्ला अध्यक्ष डा. रबिन्दर सिहँ बताउँछन वीरगंजमा सबै देवी देवताहरुको मन्दिर रहेको र भग्वान पशुरामजीको मन्दिर नरहेको हुनाले हामी यो मन्दिर बनाउन लागेकाछौ । नगरपालिकाको सहयोग वार्ड अध्यक्षको सहयोग र नगरवासीहरुको सहयोग र ब्रह्मर्षि सामाजको निगरानीमा यो मन्दिरको निर्माण हुनेछ ।
अनुमानित दस धुर जग्गामा यो मन्दिर निर्माणहुने कम परे नगरपालिका सँग अझ जमिनको माँग गर्ने समेत अध्यक्ष सिहँले बताए ।
यो मन्दिरको लाग्त कति रहन्छ ? कहिेले सम्म यो मन्दिर तयार हुन्छ ? प्रश्नको जवाफमा अध्यक्ष सिहँ बताउँछन अहिले हामी शिलन्यास गरेकाछौ । काम शुरु हुने बेलामा यो मन्दिरको लाग्त र कहिेले सम्म यो मन्दिर तयार हुन्छ ? भनि हामी बताउनेछौ । यो मन्दिरको शिलन्यास ब्रह्मर्षि सामाज पर्सा जिल्ला अध्यक्ष डा.रबिन्दर सिहँको अध्यक्षतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।
शिलन्यास कार्यक्रममा सुरेश प्रसाद सिहँ, नविन कुमार सिहँ , डा.अमरनाथ ठाकुर, राजन कुमार सिहँ लगायतका उपस्थिति रहेको थियो ।