डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप नियन्त्रण

वीरगंज, २ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
आइतवार राति बिल विजक भन्दा बढी प्याज बोकेको पिकअप वीरगञ्जबाट चितवनतर्पm जाँदै गरेको सूचनाको आधारमा वीरगंज–१४ गण्डक चोकमा प्रहरीले चेकजाच गने क्रममा ना.४ च ८७१३ पिकअप नियन्त्रणमा लिएको थियो। बिल विजक भन्दा बढी एक लाख सड्चालीस हजार सात सय पचास मूल्य बराबरको प्याज भेटिएपछि नियन्त्रणमा लिई थप अनुसन्धानको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिप्रका पर्साले जनाएको छ ।
प्याजको मूल्य बढ्दै गएपछि अहिले भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न शहरमा पठाउने कार्य भइरहेकोछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *