प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न,भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

वीरगंज,१४ पुस। प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा जिल्ला अधिवशेन बाट अध्यक्षमा तुलसी भण्डारी चयन हुनु भएका छन् । शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

भण्डारीको अध्यक्षतामा विशेष अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) निलम पन्त, सचिवमा राकेश कुमार शाह, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् ।

यस्तै,समितिको सहसचिव धनन्जय मिश्र र सहसचिव (समावेशी) मा भने कृष्ण कुशवाहा चयन भएका हुन्। साथै सदस्यमा राजन कुमार सिंह, एस के चौरसिया, राजन रौनियार, आरोहन साह, रसमि राज भन्डारि, पन्नालाल साह, राजन बानिया, आनन्द पटेल, मुस्तुफा आलम, दिपेन्द्र कुमार साह, सोभा धमला, एन्जल चौधरि, कमला भन्डारि, नितेश कर्ण, कृष्ण कुमार श्रीवास्तव, अखिलेश साह, सेख सजाद हुसेन, राजु साह, नविन कर्कि, राम कुशवाहा, बलिराम यादव र उर्मिला सापकोटा चयन भएका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *