19 January ,2025,Sunday

डाक्टर दासको लापरवाहीका कारण हात नै गुमाउनु परेको पिडितको आरोप

 

वीरगंज,१९ पुस । वीरगंजको आशाराम अस्पतालमा कार्यरत डा.आलोक दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । वीरगंज महानगरपालिका – ३२ बन्दननगर बस्ने भोला कुमार साहले डा.आलोक विरुद्ध उजुरी गरेका हुन् ।

डा. आलोक उपचारमा लापरबाही गरेको कारण आफ्नो हात काट्नु परेको बताउँदै उनीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेको भोलाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर बताएका छन् ।

भोलाका अनुसार २०८० कार्तिक १२ गतेमा उनी सीमावर्ती शहर रक्सौलबाट ट्याम्पो चढेर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनामा भोलाको बायाँ हात भाँच्चिएपछि ट्याम्पोवालालाई नियन्त्रणमा लिई उपचार गराउन दबाब दिइयो । चालकले रक्सौलको लक्ष्मीपुरस्थित एसआरपी मेमोरियल ट्रस्ट सुपर स्पेसियालिटी हस्पिटलमा उपचार गराउन लगे । त्यहाँ डा। आलोकको सुझाव अनुसार उनको हातको शल्यक्रिया गरेर स्टिल राखिएको थियो ।

‘शल्यक्रिया सफल भएको भन्दै चिकित्सकहरूले मलाई एक साता पश्चात् कार्तिक १९ गते डिस्चार्ज गरेका थिए । त्यस पूर्व डा. आलोकले मेरी आमालाई भेटेर ड्रेसिङका लागि रक्सौल नआउनु पर्ने बरु आफू वीरगंज मै कार्यरत रहेको आशाराम अस्पताल आउन सुझाव दिएका थिए,’ भोलाले पत्रकार सम्मेलनमा भने ।

 आलोककै सुझाव अनुसार आफू पहिलो पटक कार्तिक २१ गते ड्रेसिङका लागि आशाराम अस्पताल पुगेको भोलाले बताए । ‘पहिलो दिन ड्रेसिङ गर्ने क्रममा डा. आलोकले घाउ ठिक भइरहेको बताउँदै दुई दिनपछि हामीलाई फेरी बोलाएका थिए,’ उनले भने ।

यद्यपि कार्तिक २३ उनी आशाराम पुग्दा डा। आलोकले आफूसँग ड्रेसिङ सम्भव नहुने बताउँदै शल्यक्रिया गरिएको एसआरपी अस्पतालमै जान सुझाव दिए । त्यहाँ पुग्दा डा। अलिन्द्र किशोर नामक चिकित्सकले हातमा ठूलै समस्या भएको बताउँदै काट्नु पर्ने बताएको साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

डा. आलोकले हामीलाई शल्यक्रिया भएकै अस्पतालमा जान भनेपछि नै मलाई शङ्का लागेको थियो,’ भोलाले भने, ‘हामी एसआरपी पुग्दा सुरुमा डा। अलिन्द्र किशोरसँग भेट भएन । खोज्दै मोतीहारी पुगेपछि उनले हातको शल्यक्रियामा समस्या भएको कारण काट्नु पर्ने बताए ।’

त्यसपछि स्थानीयको सुझाव अनुसार थप उपचारका लागि आफू काठमाडौँस्थित बिनएण्डबी हस्पिटलमा पुगेको भोलाले बताए । उनले भने, ‘काठमाडौँ चेकजाँच गराउँदा शल्यक्रियामा लापरबाहीको कारण मेरो भाँच्चिएको हात काट्नुपर्ने अवस्था आएको जवाफ पाए । यसरी उपचारमा लापरबाही गरेर हात काट्ने बनाउने डाक्टरलाई कारबाही गरी मलाई क्षतिपूर्ति दिलाउन आग्रह गर्दछु ।’

डा. आलोकले भने आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको प्रतिक्रिया दिए । टेलिफोन संवादका क्रममा उनले सिनियर डाक्टरको निर्देशनलाई आफूले पालना मात्र गरेको बताए ।

उनले भने, ‘म एसआरपी अस्पतालमा २ घण्टाका लागि मात्रै जाने गर्दछु । त्यही समयमा उहाँको शल्यक्रिया मोतिहारीका चिकित्सकले गर्नुभएको थियो, मैले उहाँले भने बमोजिमको काम मात्रै गरेको छु । यसमा मेरो कुनै गल्ती छैन ।’

भोलालाई ड्रेसिङका लागि आफूले आशाराम अस्पतालमा आउन आग्रह समेत नगरेको डा. आलोकको दाबी छ । आफै पत्ता लगाएर आशाराम हस्पिटलमा आएपछि आफूलाई अस्पतालबाट खबर पाएको उनले बताए ।

यस विषयमा बुझ्न रक्सौलको एसआरपी अस्पतालमा सम्पर्क गर्न खोज्दा त्यहाँका प्रतिनिधिले फोनमा सबै कुरा बताउन नमिल्ने प्रतिक्रिया दिए । साथै अस्पतालमै आएर कुरा गर्न आग्रह गर्दै उनले फोन नै काटे ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...