भुलन सर्राफले सोनार समाजको मानमर्दन गरेको जिसस सभापति अजय सर्राफको टिप्पणी

वीरगंज, २२ पुस । शनिवारदेखि सोनार प्रिमियम लिग सिजन ४ शुरु भएको छ । सोनार समाजले आयोजना गरेको सोनार प्रिमियम लिग सिजन ४ शनिवारदेखि वीरगंजको आदर्शनगर रंगशालामा शुरु भएको हो ।

उक्त प्रतियोगीताको प्रतिनीधि सभा सदस्य डा. अमरेश कुमार सिंहले उद्घाटन गरे । शुक्रवार मानव अधिकार शान्ति समाजको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न वीरगंज पुगेका सिंहलाई नै सोनार समाजका भुलन सर्राफले प्रतियोगीताको उद्घाटन गर्न आमन्त्रीत गरेका हुन् ।

प्रतियोगीतामा ८ वटा समूहले सहभागिता जनाएका छन् । ति आठ वटै समूहका १०८ जना खेलाडीहरु सोनार समुदायकै छन् । तसर्थ प्रतियोगीताको उद्घाटन पनि सोनार समुदायकै व्यक्तिबाट गराउनुपर्ने जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनार (अजय सर्राफ) को भनाई छ ।

सोनार प्रिमियम लिग नाम दिएर अन्य समुदायका नेताबाट प्रतियोगीताको उद्घाटन गराउनुले आशंका उब्जिएको सर्राफले टेलिफोन संवादका क्रममा बताए । भुलन सर्राफ सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष पनि हुन् । सुन तस्करी प्रकरणमा आफुलाई जोगाउनका लागि सांसद डा। सिंहको सहारा लिएको आरोप अजय सर्राफको छ ।

उनले भने, सुन तस्करी प्रकरणमा आफुलाई बचाउने खेल हो यो । हामी सोनार समाजकै अगुवाहरु प्नि धेरै जना छौँ । यदि सोनार समुदाय बाहेकका व्यक्तिबाट उद्घाटन गराउनु थियो भने ४ जना पर्साकै सांसदहरु हुनुहुन्छ, ८ जना निर्वाचित विद्यायकहरु हुनुहुन्छ, मेयर साब हुनुहुन्छ । तर डा। अमरेश सिंहलाई बोलाउनुको औचित्य के ?’ उनले यसै विषयमा सामाजिक सञ्जालमार्फत पनि आफ्नो आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, ‘सोनार समाजको मानमर्दन गर्दै समाजमा बिकृति बढाउन भुलन सोनार अग्रसर, आफ्नो कालो कर्तुत लुकाउन सांसद अमरेश सिंहलाई निम्तो ।’

यसै विषयमा अध्यक्ष सर्राफ संग संवाद गर्दा आफूमाथि लगाइएको आरोप झुठो रहेको जिकिर गरे । सर्राफका अनुसार कारिगढ संघले आयोजना गरेको सोनार प्रिमियम लिग सिजन ४ का प्रमुख अतिथि आफू रहेको बताए ।

सोही समय आफू डा. सिंहसंगै अर्को कार्यक्रममा सहभागी रहँदा कुराकानीमा लिग बारे चर्चा हुन पुग्यो । लिगको प्रमुख अतिथि आफुनै रहेको र ढिला भइरहेकोले फोनको ओइरो थेग्न नसक्ने अवस्था भएर म जानुपर्ने बताउदा वहाँ पनि संगै जाने भन्नुभयो । सर्राफले भने, कार्यक्रममा सिंह उपस्थित रहेपनि प्रमुख अतिथिको हैसियतले कार्यक्रमको उद्घाटन आफुलेनै गरेको दाबी गरे ।साभार–रातोपाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *